सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतिनिधिसभा फेरि पुनःस्थापना हुन्छ : योगेश भट्टराई

फाइल फोटो
फाइल फोटो
२०७८ असार २०, ०२:१३ खबर संवाददाता

ताप्लेजुङ: नेकपा एमालेका नेता योगेश भट्टराईले फेरि पनि अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने दाबी गरेका छन्। गृहजिल्ला ताप्लेजुङ पुगेका भट्टराईले पत्रकार महांसघ ताप्लेजुङले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै पाँच वर्षको अवधिमा दुईपटक विघटन भएर दोस्रो पटक पनि पुनःस्थापना हुने दाबी गरेका हुन्।

‘वर्तमान प्रतिनिधिसभाको पाँच वर्षे अवधि रोचक ढङ्गले जाँदैछ, घटनाहरू दुःखदायी छन्, तर देख्दा रोचक छ,’ उनले भने,‘एउटै कार्यकालमा दुई पटक प्रतिनिधिसभाको विघटन सायद यो वर्ल्ड रेकर्ड हुन्छ होला, र अर्को पनि वर्ल्ड रेकर्ड हुन्छ होला दुवैपटक प्रतिनिधिसभाको पुनःस्थापना अदालतले गर्छ।’

नेकपा एमालेका सचिवसमेत रहेका भट्टराईले अध्यक्ष केपी ओली र नेता माधव नेपाल दुवैले एकपक्षीय निर्णयलाई खारेज गरेर एकताको बाटो सहज बनाउनुपर्ने बताए।

‘दुवै जनाको तर्फबाट कार्यदल तयार भएका छन्, ती कार्यदललाई ब्युँताएर जेठ २ गते अघिको अवस्थामा फर्कनु आवश्यक छ’ उनले भने, ‘अन्य विषयहरु मिल्दै जान्छन्।’

कमेन्ट लोड गर्नुस