सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुर अस्पतालमा विश्वमै पहिलोपटक मिनी अक्सिजन प्लान्ट जडान !

२०७८ असार १९, ०६:५७ खबर संवाददाता

धनगढी: राष्ट्रिय आविष्कार केन्द्रले टीकापुर अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गरेको छ। वैकल्पिक प्रविधिबाट अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गरिएपछि प्रत्येक वेडमा अक्सिजनको सप्लाई पाइप लाइनबाट सुरु भएको छ।  

आविष्कार केन्द्रबाट आएका ४ जना प्राविधिकसहितको टोलीले ३ दिनमा उक्त मिनी अक्सिजन प्लान्ट जडान गरेका थिए। यसरी डिजाइन गरिएको मिनी अक्सिजन प्लान्ट विश्व मै पहिलो भएको इन्जिनियरले दाबी गरेका छन्।

प्लान्टबाट उत्पादन भएको अक्सिजन आइसियू र एचडियूका १२ बेडमा पुगाइएको मेकानिकल इन्जिनियर रितेश देवले बताए।  २० लाखको लागतमा स्थापना भएको उक्त अक्सिजना प्लान्ट आविष्कार केन्द्रले सित्तैमा जडान गरेको उनले बताए।

उक्त प्लान्टबाट प्रति मिनेट ६५ लिटर अक्सिजन उत्पादन हुने बताइएको छ। उक्त प्लान्टका ‘चिफ डिजानर’ इन्जिनियर प्रकाश बिष्टले प्लाट डिजाइन गरी स्वदेशमै जडान गर्न पाउँदा खुसी लागेको बताएका छन्। ‘७ वटा कन्सन्ट्रेटर प्रयोग गरी अक्सिजन उत्पादन गरिएको हो’ उनले भने ‘बढी अक्सिजन आवश्यक परे कन्सन्ट्रेटर र एअर कम्प्रेसर थप गरी बढाउन सकिने छ।’

शनिबार इन्जिनियर रितेश देव र प्रकाश बिष्टले अस्पतालका अध्यक्ष दीपक रावल र मेसु रेमकुमार राईलाई मिनी अक्सिजन प्लान्ट हस्तान्तरण गरेका छन्।  

कमेन्ट लोड गर्नुस