सुदूरपश्चिममा शनिबार एक संक्रमितको मृत्यु, ११ जना निको

२०७८ असार १९, ०६:१५
धनगढीः सुदूरपश्चिम प्रदेशमा शनिबार कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। यस्तै पछिल्लो २४ घण्टामा ११ जना संक्रमित निको भई घर फर्किएका छन्।
पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशभरमा ५८० नमुना परीक्षण गरिएको छ। जसमध्ये ३४ जनामा संक्रमण पुस्टि भएको छ।
डडेल्धुरा अस्पतालमा २ जना, सेती अस्पतालमा १६ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ।



कमेन्ट लोड गर्नुस