सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन २५ मा विधान सम्मेलन गर्ने एमालेको निर्णय

२०७८ असार १९, ०५:४० खबर संवाददाता

काठमाडौं: नेकपा एमालेले साउन अन्तिममा विधान सम्मेलन गर्ने भएको छ। साथै निर्वाचनसँग जुध्न गए महाधिवेशन वैशाखमा सार्ने प्रस्ताव पेश भएको छ।

अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र सहभागिता रहेको केन्द्रीय कमिटी बैठकले साउन २५ गते विधान सम्मेलन गर्ने निर्णय गरेको छ।

असार मसान्तभित्र सदस्यता नवीकरण गर्ने र केन्दीय विभागहरुलाई पूर्णता दिने निर्णय गरेको छ। यस्तै भदौ ५ गते वडा र १५ गते पालिकाको अधिवेशन गर्ने कार्यतालिका बनेको एक केन्द्रीय सदस्यले जानकारी दिए।

बैठकमा महासचिव ईश्वर पोखरेलले निर्वाचनको मितिसँग जुध्न गएमा दशौं महाधिवेशन भने आगामी वैशाख मसान्तसम्म गर्ने प्रस्ताव पेश गरेका छन्। यसअघि दशौं राष्ट्रिय महाधिवेशन मसिर २ देखि ६ सम्म गर्ने निर्णय भएको थियो।

कमेन्ट लोड गर्नुस