सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा भीरबाट लडेर एक युवतीको मृत्यु

२०७८ असार १९, ०५:३५ खबर संवाददाता

धनगढीः दार्चुलामा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर १३ बस्ने २३ वर्षीया पार्वती धामीको भीरबाट लडेर मृत्यु भएको हो। 

यही असार १६ गते साँझ आफन्तको घर बसेकी धामी घर नफर्किपछि प्रहरीलाइ खबर गरिएको थियो। धामी हराएको भन्ने सूचनाको आधारमा खोजी कार्य गर्दा शुक्रबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए। 

नौगाड गाउँपालिकाकै वडा नम्बर २ चौरी गाउँ नजिकैको गोदानी भीरबाट लडेर धामीको मृत्यु भएको उनले बताए। 

शनिवार पोष्टमार्टमपछि शव आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस