सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले छनौट गरेका सय नयाँ पर्यटकीय गन्तव्यमा सुदूरपश्चिमका १० मात्रै (सूची सहित)

२०७५ कार्तिक १५, ०४:१० नवराज पनेरु

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि छनौट गरेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यमा सुदूरपश्चिम प्रदेशका १० वटा मात्रै परेका छन्। सुदूरपश्चिमका ९ जिल्लामा १० वटा नयाँ तथा विकास गर्नुपर्नेपर्यटकीय क्षेत्र छनौट गरिएको हो। यस्तै १० वटा स्थापित तथा प्रवद्धन गर्नुपर्ने पर्यटकीय क्षेत्र पनि छनौट गरिएको छ। 

कैलालीको घोडाघोडी ताल, टिकापुर सर्किट, भादागाउँ होम स्टेलाई स्थापित पर्यटकीय गन्तव्यमा राखिएको छ भने नयाँ बनाउन पर्नेमा बर्दगोरीया मन्दीर धामलाई राखिएको छ। यस्तै कञ्चनपुरमा दोधारा चाँदनी स्थापित भम्केनी धाम र बन्दा ताल क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यमा राखिएको छ। 
डडेल्धुरामा अमरगढी र उग्रतारालाई नयाँ पर्यटकीय गन्तव्यमा राखिएको छ भने बैतडीमा त्रिपुरासुन्दरी स्थापितमा पर्दा शिद्धनाथ उदयदेव धार्मिक स्थल स्थापित हुन बाँकी पर्यटकीय क्षेत्रको सुचीमा अटाएको छ। 

दार्चुलामा अपी नाम्पा संरक्षण क्षेत्र स्थापित पर्यटकीय गन्तव्यमा राखिएको छ भने मालिकार्जुन स्थापित हुन बाँकीको सुचीमा छ। अछाममा रामारोशन स्थापितको सुचीमा परेको छ भने सुर्कोट मष्टादेवी मन्दीर स्थापित हुन बाँकी पर्यटकीय क्षेत्रमा राखिएको छ।डोटीमा खप्तड र शैलेश्वरी स्थापित पर्यटकीय क्षेत्रको सुचिमा पर्दा बडिकेदार धार्मिक क्षेत्र नयाँ र विकास गरिनुपर्ने पर्यटकीय क्षेत्रको सुचीमा छ। बझाङमा गोरखनाथ मन्दीर नयाँ पर्यटकीय गन्तव्यको सुचीमा परेको छ भने बाजुरामा बडिमालिका स्थापित र कोल्टी–बडिमालिका पदमार्ग विकास गरिनुपर्ने गन्तव्यमा परेको छ। 

कैलालीको चिसापानी कर्णाली, गोदावरी धाम, शिवपुरी धाम, जाखौर ताल, राजकाडा, खानीडाँडा, बेहडाबावा, कञ्चनपुरको शुक्लाफाटा, लिङगा, बेतकोट ताल, डडेल्धुराको अजयमेरुकोट, घटाल क्षेत्र, बैतडीको निङग्लासैनी, दार्चुलाको उकु दरवार, तपोवन, ब्यास उपत्यका, कालापानी लगायतका धेरै क्षेत्रहरु भने पर्यटन मन्त्रालयको सुचमा अटाउन सकेका छैनन्। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन बोर्ड, स्थानीय र प्रदेश सरकारबाट सिफारिस भएको र आवेदन परेको गन्तव्यको आधारमा नयाँ गन्तव्य छनोट गरेको जनाएको छ। सरकारले बजेटमार्फत नै नयाँ सय गन्तव्य छनोटका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको थियो। 

 

 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस