सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको कमलबजारमा अस्पताल निर्माणको माग, सुदूरपश्चिम सरकारलाई ज्ञापनपत्र

२०७८ असार १९, ०४:५६ खबर संवाददाता

धनगढी: अछामको कमलबजारमा अस्पताल निर्माणको माग गरिएको छ। कमलबजार नगरपालिकाका अस्पताल निर्माणको माग राख्दै सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएका छन्।

विष्टले पूर्वी क्षेत्रका तुर्माखाँद, ढकारी गाउँपालिका र पञ्चदेवल विनायक नगरपालिकालाई पायक पर्ने गरी कमलबजारमा २५ शय्याको अस्पताल निर्माण हुनुपर्ने माग राखेका छन्।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट र सामाजिक विकासमन्त्री लालबहादुर खड्कालाई ज्ञापनपत्र बुझाउँदै नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्दै २५ शय्याको अस्पताल बनाउन उनले माग गरेका हुन्। 

मुख्यमन्त्री भट्ट र सामाजिक विकासमन्त्री खड्काले प्रदेश सरकारबाट हुन सक्ने आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।

कमेन्ट लोड गर्नुस