सुदूर नेपाललाई विश्वसँग जोड्दै

रिपिटर टावर माग

। फोटो स्रोत ।
२०७५ कार्तिक १५, ०३:५१ खबर संवाददाता

पर्यटकीय क्षेत्र लाङटाङ तथा क्याङजेनमा टेलिफोन सेवा सहज बनाउनका लागि रिपिटर टावर जडान गरिदिन पर्यटन व्यवसायीले माग गरेका छन। लाङटाङका पर्यटन व्यवसायी तेम्बा लामाका अनुसार भूकम्पपछि लाङटाङ क्षेत्रमा पर्यटकको संख्या क्रमशः बढ्दै गएको छ। हिमाली क्षेत्रको पदयात्रामा रहँदा आफन्तजनलाई सहजै सूचना दिन टेलिफोनको तथा इन्टरनेटको अभाव छ। पाङसाङमा राखिने रिपिटर टावरले क्याङजेनलगायत लाङटाङ क्षेत्रका पर्यटकीय मार्गको पूरै भागमा सञ्चार सुविधा सहज हुने पर्यटन व्यवसायी बताए।
रासस

   
 

कमेन्ट लोड गर्नुस