सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिपायल–धनगढी हवाई उडान मंगलबारबाट सञ्चालन हुने

२०७८ असार १९, ०२:१७ खबर संवाददाता

धनगढी: कोरोना महामारीका कारण बन्द रहेको दिपायल–धनगढी हवाई उडान मंगलबारबाट पुनः सञ्चालनमा आउने भएको छ। यसअघि महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण हवाई उडान सेवा बन्द गरिएको थियो।

सरकारले निषेधाज्ञा खुकुलो पारेसँगै हवाई उडान सञ्चालन हुन लागेको हो। दिपायलबाट धनगढीका लागि र धनगढीबाट दिपायलका लागि प्रत्येक हप्ताको मंगल र शुक्रबार उडान भर्ने समिट एयरले जनाएको। जहाजमा कूल १८ जना सिट क्षमता रहेको छ।

निजी क्षेत्रको विमान कम्पनी समिट एयरले डोटीसँगै सूदुरपश्चिमका पहाडी जिल्लाहरु बझाङ, अछाम र बैतडीबाट पनि धनगढीका लागि उडान हुने जनाएको छ।

कमेन्ट लोड गर्नुस