न्यानो कपडाको व्यापार बढ्यो

२०७५ कार्तिक १५, ०३:४५
चिसो बढेसँगै न्यानो कपडाको व्यापार बढेको छ । असोज अन्तिम सातादेखि चिसो बढेसँगै न्यानो कपडाको माग बढेको व्यापारीले बताएका छन। कपडा पसलमा ज्याकेटको माग बढेको छ । विगत वर्षभन्दा यस वर्ष चाँडै जाडो शुरु भएका कारण ज्याकेटको माग बढेको व्यापारीहरुले बताए। माग बढेपनि ज्याकेट बनाउने जनशक्तिको अभाव छ । काम गर्ने जनशक्ति कम हुँदा माग अनुसार ज्याकेट उत्पादन गर्न सकिएको छैन।
रासस


कमेन्ट लोड गर्नुस