सुदूर नेपाललाई विश्वसँग जोड्दै

गुडिरहेको टिपर खस्दा टहरोमा सुतेका दम्पतीको ज्यान गयो

फाइल फोटो
फाइल फोटो
२०७८ असार १९, १२:२५ खबर संवाददाता

काठमाडौं:  काठमाडौंको मुलपानी नजिकै टिपर खस्दा टहरामा सुतिरहेका दम्पतीको ज्यान गएको छ।

बालुवा बोकेको बा ५ ख २५११ नम्बरको टिपर सडकबाट खसेर टहरोमा परेको थियो। 

टिपरले किचिएर नुवाकोट घर भएका ५३ वर्षका सयरा तामाङ र उनकी श्रीमती जयन्तीको ज्यान गएको छ। 

टिपर चालक गोविन्द घलान पक्राउ परेको काठमाडौं परिसरका प्रहरी निरीक्षक अनिल अधिकारीले बताए।  

कमेन्ट लोड गर्नुस