सुदूरपश्चिममा शुक्रबार कोरोना संक्रमित मृतकको संख्या शून्य, ३१ जना निको

धनगढीः सुदूरपश्चिम प्रदेशमा शुक्रबार कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य भएको छ। यस्तै पछिल्लो २४ घण्टामा ३१ जना संक्रमित निको भई घर फर्किएका छन्।
पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशभरमा ८८६ नमुना परीक्षण गरिएको छ। जसमध्ये ५६ जनामा संक्रमण पुस्टि भएको छ।
डडेल्धुरा अस्पतालमा १ जना, सेती अस्पतालमा १९ जना, कमलबजार अस्पताल अछाममा ८ जना, महाकाली अस्पतालमा ६ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ।
