माधव नेपालले भेटौं भन्दा मान्नुभएन : ओली

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले भेट्न अस्वीकार गरेको गुनासो गरेका छन्।
दशौं महाधिवेशन आयोजक कमिटी खारेज गरेर केन्द्रीय कमिटी बैठक बोलाएपछि आफूले नेता नेपाललाई फोन गरेको ओलीले सुनाए।
बालुवाटारमा जारी बैठकमा अध्यक्ष ओलीले बिहीबार बेलुकी २०–२५ मिनेट कुरा भएको बताए। ‘भेटौं’ भन्ने प्रस्ताव वरिष्ठ नेता नेपालले अस्वीकार गरेको भन्दै उनले भने, ‘मलाई तपाईंको फोन नै उठाउने मन थिएन, साथीहरुको दबाबले मात्रै उठाएको हुँ भन्नुभयो।’

