सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका गोपीचन्द्रले भने, ‘ओलम्पियन बन्ने सपना थियो, भाग्यले ठग्यो’

२०७८ असार १८, ०२:१९ खबर संवाददाता

धनगढी : धनगढीका एथलेटिक्स खेलाडी गोपीचन्द्र पार्कीले अन्तिम समयमा ओलम्पिक जानबाट बञ्चित हुनु दुखद भएको बताएका छन्।

लामो समयदेखि ओलम्पिकको तयारीमा रहेका पार्कीले भने, ‘कहाँ नेर चुक्यो भन्ने थाहा भएन। ओलम्पिक खेल्न बञ्चित हुनु पर्ने भएपछि दुख लागेको छ। ओलम्पियन बन्ने सपना थियो, भाग्यले ठग्यो।’

म्याराथनको हकमा कोटा भन्दा धेरै आवेदन परेको भन्दै प्रतियोगिताको संघारमा आएर नेपालबाट म्याराथन नभएर एथलेटिक्सको महिला विधाको सय मिटरमा सरस्वती चौधरीको नाम सिफारिस गरिएको छ।

ओलम्पिकका लागि भन्दै करिब डेढ वर्षदेखि मेहनत गरिरहेका पार्कीको अन्तिम समयमा आएर नाम सूचिबाट निकालिएको हो। 
 

कमेन्ट लोड गर्नुस