सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज एमाले केन्द्रीय कमिटी बैठक बस्ने, नेपाल पक्ष सहभागी नहुने

फाइल फोटो
फाइल फोटो
२०७८ असार १८, ०७:३५ खबर संवाददाता

काठमाडौँ: आज (शुक्रबार) नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक बस्ने भएको छ।

बुधबार सम्पन्न एमालेको १०औं महाधिवेशन आयोजक कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो। सोही अनुसार बिहान ११ बजे बालुवाटारमा बैठक बस्ने भएको हो। माधव नेपाल समूहको बिहीबार बसेको स्थायी कमिटी बैठकले भने केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निष्कर्ष निकालेको छ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी विघटन गरी सोही कमिटीलाई नै केन्द्रीय कमिटीमा रूपान्तरण गरेका हुन्। ओलीपक्षले २०७५ जेठ २ को अवस्थाकै यो केन्द्रीय कमिटी पनि भएको दाबी गरेसँगै नेपालपक्षले जेठ २ मा फर्केको भन्न नमिल्ने जनाएको छ।

नेपालपक्षले उक्त कमिटीमा माओवादीबाट आएका नेताहरुलाई समावेश गरिएकाले जेठ २ मा फर्केको भन्न नमिल्ने जनाएको हो। 
 

कमेन्ट लोड गर्नुस