सिन्धुपाल्चोकका ४९४ घर बाढी पहिरोको उच्च जोखिममा

२०७८ असार १८, ०५:२३
काठमाडौँ: सिन्धुपाल्चोकका ४ सय ९४ घर बाढी पहिरोको उच्च जोखिममा रहेका बताइएको छ।
हेटौंडामा बिहीबार बसेको बागमती प्रदेशको संसद बैठकमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री केशव पाण्डेले सिन्धुपाल्चोकका ४ स्थानीय तहका घर बाढी पहिरोको उच्च जोखिममा रहेको बताएका थिए।
गत असार १ गतेदेखि परेको वर्षाले आएको बाढीले सिन्धुपाल्चोकका २ सय ९३ घरपरिवार विस्थापित भएका उनले बताए।


कमेन्ट लोड गर्नुस