सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका डिआइजी कंडेलको धनगढीमा स्वागत

२०७८ असार १७, ०९:२७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) पुरुषोत्तम कंडेलको धनगढीमा स्वागत गरिएको छ।

सरुवा भएर आज मात्रै धनगढी पुगेका डिआइजी कडेलको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीलगायतका प्रहरी अधिकृतहरुले स्वागत गरेका हुन्।

गृह मन्त्रालयले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा कार्यरत डिआइजी उत्तमराज सुवेदीको केहि दिनअघि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरेको थियो।

उनको ठाउँमा नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत एंव प्रशासन विभागबाट कडेंललाई सुदूरपश्चिम प्रदेश पठाइएको हो।

कमेन्ट लोड गर्नुस