वीर भक्ति थापालाई राष्ट्रिय विभूतिमा समावेश गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं: सरकारले वीर भक्ति थापालाई नेपालको राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गरेको छ।
असार १४ गते बसेको मन्त्रि परिषद् बैठकले थापालाई राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बसन्त नेम्वाङले जानकारी दिए। यसका लागि नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाको विशेष पहल रहेको बुझिएको छ।
सरकारको नियमित पत्रकार सम्मेलनमार्फत बुधबार जानकारी दिँदै प्रवक्ता नेम्वाङले फेवा तालको चार किल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिको म्याद थपेर साउन ३१ सम्म पुर्याइएको जानकारी पनि दिए।

