सुदूर नेपाललाई विश्वसँग जोड्दै

मिसन साईपाल : एक भरियाको लडेर मृत्यु

२०७५ कार्तिक १५, १०:०७ डीवि विष्ट

 साईपाल हिमाल आरोहरणका लागि गएका पर्यटकको एक भरियाको मृत्यु भएको छ। पर्यटकहरुको भारी साईपाल हिमालको बेस क्याम्प पु¥याएर फर्किदै गर्दा मंगलबार बेलुका लडेर बझाङको तल्कोट गाँउपालिका ३ का ३२ वर्षिय पुरन खत्रीको मृत्यु भएको हो।

खत्रीको तल्कोट गाउपालिका वडा नम्बर ४ सुनपानीको भीरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ। खत्री गत कात्र्तिक ३ गते साईपाल हिमाल आरोहरण गर्न पर्यटकहरुको सामान बोकेर वेस क्याम्प गएका थिए। मृतक खत्रीका दुई छोराछोरी र श्रमिती छन्।  भीरबाट उनी कसरी लडे भन्ने कुरा भने खुल्न नसकेको प्रहरीको भनाई छ। 
 
 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस