सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा संयुक्त आन्दोलनरत विद्यार्थी संगठन र अनेरास्वीयू केपी समूहबीच झडप

२०७८ असार १७, १०:०७ खबर संवाददाता

धनगढी: बाजुरामा संयुक्त आन्दोलनरत नेपाल विद्यार्थी संघ, अनेरास्वीयू माधव समूह र अनेरास्वीयू केपी समूहबीच झडप भएको छ।

बुधबार जिल्ला सदरमुकाम मार्तडीमा संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम र संसद विघनटका विरुद्धमा निकालेको राँके जुलुसमा दोहोरो झडप भएको हो।

नेपाल विद्यार्थी संघ बाजुराका अनुसार संयुक्त गठबन्धनका कार्यकर्ताले प्रधानमन्त्री ओलीको पुत्ला दहन र असंवैधानिक कदमका विरुद्ध गरेको विरोध कार्यक्रमलाई प्रभावित पार्न खोज्दा झडप भएको हो।

कमेन्ट लोड गर्नुस