सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका सडक ६ महिनामै भत्किन थाले

२०७८ असार १७, ०९:५४ खबर संवाददाता

धनगढी : धनगढी उपमहानगरपालिकाका अधिकासं सडकहरु ६ महिना नपुग्दै भत्किन थालेका छन्। उपमहानगरपालिकाले ग्रामीण क्षेत्रमा निर्माण गरेका कालोपत्रे सडक ६ महिना नपुग्दै भत्किन थालेका हुन्।

धनगढी उपमहानगरपालिका–२ को लोकतान्त्रिक चोकदेखि विश्वनाथ मन्दिर जाने ६ सय ९ मिटर कालोपत्रे सडक निर्माण भएको ६ महिनामै भत्किएको छ।

धनगढी उपमहानगरपालिकाको ९७ लाख ३१ हजार ८ सय ६९ रुपैयाँको लागतमा अन्जु निर्माण सेवाले कालोपत्रे गरेको थियो। गत माघमा निर्माण सकिएको सडक ६ महिना पनि नटिकेको स्थानीय लालसिंह कठरिया बताउँछन्। 

सडकमा मोटरसाइकल चलाउँदा पनि उफार्ने गरेको बताउँदै अर्का स्थानीय विन्तिराम चौधरीले भने, ‘दबाएर सडक नबनाएका कारण मोटरसाइकल चलाउँदा पनि उफार्छ।’

धनगढी उपमहानगरपालिकाका इञ्जिनियर दिजराज भट्टले बनाएको ६ महिना नपुग्दै सडक र नाली भत्किन थालेपछि पत्र काटेर पुनः निर्माण गर्न निर्माण कम्पनीलाई बताएको जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस