जनमत संग्रहबाट समाधान हुन्छ जम्मु–काश्मिर समस्याको

नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले नेपालले कठिन समयमा पनि आफ्नो मुलुकलाई साथ दिँदै आएको बताएका छन। बुधबार काठमाडौँमा आयोजित ‘जम्मु–काश्मिर विवाद र मानव अधिकार उलंघनका घटनामा बृद्धि’ विषयक प्रवचन कार्यक्रममा राजदूत जावेदले कठिन समयमा पनि नेपालले पाकिस्तानलाई साथ दिएको स्मरण गरेका हुन। जम्मु–काश्मिर समस्या समाधानका लागि संयुक्त राष्ट्र संघको प्रस्ताव अनुसार जनमत संग्रहमा जानुपर्ने आफ्नो राष्ट्रको अडान रहेको पनि स्पष्ट पारेका छन।

