सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा कृषकलाई फलफूलका बिरुवा वितरण गरिँदै

२०७८ असार १७, ०७:१६ खबर संवाददाता

धनगढी: अछाममा कृषकहरुलाई फलफूलका बिरुवा वितरण गर्न थालिएको छ।

जिल्लाका विभिन्न स्थानीय तहले कृषि शाखामार्फत बिरुवा मगाएर वितरण गर्न थालेका हुन्। पालिकाहरुले ५०% अनुदानमा किसानलाई बिरुवा उपलब्ध गराउने बताइएको छ।

जिल्लाको चौरपाटी गाउँपालिकाले किसानको माग अनुसार बिरुवा ल्याइसकेको छ भने मंगलसेन नगरपालिकाले पनि बिरुवा वितरण गर्ने भएको छ।


 

कमेन्ट लोड गर्नुस