कञ्चनपुरमा लागुऔषधसहित दुइ जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित दुइ जना पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर तथा मातहत बोर्डर आउट आपतालबाट खटिएको सीमा गस्ति टोलीले जिल्लाको पुनर्वास नगरपालिका ४ काग्रील डाँडामा कैलालीको धनगढी उपमहानगरपालिका ७ देवरियाका २२ वर्षीय ईश्वर राना र डडेल्धुराको अम्मरगढी नगरपालिका ८ का २२ वर्षीय सुनिल सार्कीलाई लागुऔषधसहित पक्राउ गरेको हो।
पक्राउ परेका सुनिल सार्कीको साथबाट २८ ट्याब्लेट स्पास्मो प्रोक्सीभोन प्लस, प्लाष्टिकमा लुकाई राखेको कालो चरेश १२ दशमलव १३० ग्राम, ४ ट्याब्लेट क्यूरेस र ईश्वर रानाको साथबाट ३० ट्याब्लेट नाईट्राभेट बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले बताए।
लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा बुझाइएको छ।

