कञ्चनपुरमा झण्डै ६ लाख बराबरको भन्सार छलीका सामान बरामद

कञ्चनपुरः सशस्त्र प्रहरी बल कञ्चनपुरले झण्डै ६ लाख बराबरको भन्सार छलीका सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर तथा मातहत बोर्डर आउट पुर्नवास, थापाचौक, बेलौरी, भुडा, झिलमिला, आपताल र पचुईबाट खटिएको सीमा गस्ति टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको युरिया मल, चिनी, किरानाका सामान, मोटरसाइकलका पार्टस, प्लाष्टिक सामान, हार्डवेयरका सामान, तयारी कपडा, सुर्ती, बिडी र मोटरसाइकल गरी ५ लाख ७३ हजार २७३ बराबरको भन्सार छलीका सामान बरामद गरेको हो।
बरामद गरिएका सामानहरूलाई आवश्यक कानूनी कारबाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले बताए।

