सर्वोत्कृष्ट मानव अधिकार पुरस्कार रावललाई

धनगढी: राष्ट्रिय मानव अधिकार आयोगले झंकरबहादुर रावललाई सर्वोत्कृष्ट मानव अधिकार पुरस्कारबाट पुरस्कृत गरेको छ। आयोगले बर्षभर सर्वोत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृत गरेका हो।
रावलसँगै मानव अधिकार सेवा पुरस्कारद्धारा सन्तोष चन्दलाई पनि पुरस्कृत गरिएको छ। रावल राष्ट्रिय मानव अधिकार आयोगको नेपालगन्ज शाखाका कार्यालय प्रमुख हुन् भने चन्द कार्यालय सहयोगी हुन्।
रावल मानव अधिकार आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा समेत २ बर्ष कार्यरत थिए। उनको गत मंसिर १८ गते नेपालगन्ज सरुवा भएको थियो।

