सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्लाही झडप प्रकरण : छानबिन गर्न समिति गठन

२०७५ कार्तिक १४, ०५:०३ खबर संवाददाता

सर्लाहीको रामनगरमा भएको झडपको छानविन गर्न समिति गठन भएको छ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपबारे छानबिन गर्न समिति गठन भएको हो।  प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर कोइरालाको नेतृत्वमा ३ सदस्यीय समिति गठन भएको छ। समितिमा १/१ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) र प्रहरी निरीक्षक पनि सहभागी रहेका छन। घटनाको अनुसन्धानमा सहयोग गर्ने उद्देश्यले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पनि एक जना डिएसपी सर्लाही पठाएको छ।
 

कमेन्ट लोड गर्नुस