सुदूर नेपाललाई विश्वसँग जोड्दै

ज्वाला संग्रौलाको नागरिकता फेला परेन, अनुसन्धान गर्दै प्रहरी

२०७८ असार १६, ०५:०४ खबर संवाददाता

काठमाडौं: आफूलाई सामाजिक अभियान्ता बताउँदै आएकी ज्वाला भनिने टिका संग्रौलाविरुद्ध अनुसन्धान जारी छ। कुटपिट, जातीय विभेद र सरकारी कागजात किर्तेमा अनुसन्धानका लागि थप ५ दिन म्याद थप गरिएको छ।

उनको नागरिकतासमेत फेला नपरेकाले खोज्ने काम भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार संग्रौलाको जन्मदर्ता र उनका पति हिमाल उपाध्यायबाट नाता प्रमाणित र सम्बन्ध विच्छेदको कागजमा किर्ते गरेको पाइएको छ। उनले पाँचथरबाट नागरिकता लिएको पाइएको प्रहरीले जनाएको छ।

युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले आफूमाथि कुटपिट गरेको आरोप लगाउँदै ज्वालाविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्। महानगरीय वृत्त गौशालामा नै आफूमाथि कुटपिट भएको भन्दै घिमिरेले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी हुन्।

उजुरीपछि प्रहरीले असार ६ गते ज्वालासहित तीन जनालाई पक्राउ गरेको थियो। 


 

कमेन्ट लोड गर्नुस