यसपटक तिहारमा लोडसेडिङ नहुने

यो तिहारमा लोडसेडिङ नहुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले यो वर्षको तिहारमा लोडसेडिङ नहुने बताउनु भएको हो। काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा कार्यकारी अधिकृत कुलमान घिसिङले सो कुरा बताउनु भएको छ। यो वर्षको तिहारमा अधिकतम माग १२७० मेगावाट पुग्न सक्ने बताउँदै १३५० मेगावाट आए पनि धान्न सक्ने घिसिङले दावस् गरे।
