सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले स्थायी कमिटीमा पूर्वमाओवादीसहित आठ नेता थपिए, माधव पक्षमाथिको कारवाही निष्क्रिय

२०७८ असार १६, ०२:२३ खबर संवाददाता

काठमाडौं: नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ। अब एमालेका कामकारवाही केन्द्रीय कमिटीकै नामबाट सन्चालन हुने भएका छन्। बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादी केन्द्रका चार नेतालाई थप गरेको छ।

महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। सर्वोच्च अदालतको पछिल्लो आदेश अनुसार सबै कारवाही निस्प्रभावी भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए। आज भएको महाधिवेशन आयोजक कमिटीको अन्तिम वैठकपछि बोल्दै ज्ञवालीले सो जानकारी दिएका हुन्।

नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लवेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन्।

यसअघि एमालेका पदाधिकारीहरू यथावत रहने निर्णय भएको छ।

कमेन्ट लोड गर्नुस