कञ्चनपुरका सिडिओ महतोको सरुवा, पाण्डेलाई जिम्मेवारी

२०७८ असार १६, ०२:११
कञ्चनपुर: कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोको सरुवा भएको छ। गृह मन्त्रालयले कञ्चनपुरसहित अन्य ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको हो।
गृह मन्त्रालयले कञ्चनपुर, धनकुटा, सर्लाही, जुम्ला, मुस्ताङ र रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ। मंगलबार गृह मन्त्रालयले सिडिओ परिवर्तन गरेको हो।
अब कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी महतोको सर्लाहीमा सरुवा भएको छ भने उनको ठाँउमा गृह मन्त्रालयका सह सचिव राम प्रसाद पाण्डेलाई कञ्चनपुरको प्रजिअको जिम्मेवारी दिइएको छ।


कमेन्ट लोड गर्नुस