सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

२०७८ असार १६, ०२:०२ खबर संवाददाता

धनगढी: कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिकाको वडा नम्बर ९ बल्मीका ३० वर्षीय खुसीराम चौधरीको करेन्ट लागेर मृत्यु भएको हो।

आफ्नै खेतमा रोपाई गर्न जोडेको मोटरको तार तान्ने क्रममा करेन्ट लागेका चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ।

कमेन्ट लोड गर्नुस