सुदूर नेपाललाई विश्वसँग जोड्दै

द्वन्द्वकालको सकेट बम अझै फेला पर्दै

२०७८ असार १६, ०१:५८ खबर संवाददाता

काठमाडौँ: रुकुम पश्चिमको सदरमुकाम रहेको मुसिकोट नगरपालिका ४ मा मंगलबार बिहान बम फेला परेको छ। फेला परेको उक्त सकेट बम निष्क्रिय बनाइएको छ।

स्थानीय खेमबहादुर सुनारले खेतबारी खन्ने क्रममा प्लाष्टिकले बेरेको र तार जडान गरेको सकेट बम फेला परेको हो। आज बिहान नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उक्त बम निष्क्रिय गराएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कपिल शाहीसहित १० जना र नेपाली सेनाको नरसिंह दल गण (ख) गुल्म बोहरा गाँउबाट क्याप्टेन सुशील थापाको कमाण्डमा गएको ६ जनाको टोलीले बमलाई निष्क्रिय बनाएको हो।
उक्त सकेट बम द्वन्द्वकालमै छोडिएको हुनसक्ने बताइएको छ।

कमेन्ट लोड गर्नुस