सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुपा सुनार प्रकरणमा शिक्षामन्त्री श्रेष्ठले मागे माफी

मानव अधिकार आयोगले सोध्यो शिक्षा मन्त्रीलाई स्पष्टीकरण

२०७८ असार १६, ०१:०१ खबर संवाददाता

काठमाडौं: राष्ट्रिय मानव अधिकार आयोगले शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठसँग रुपा सुनार प्रकरणमा स्पष्टिकरण मागेको छ। मंगलबार कार्यालयमै बोलाएर आयोगले उक्त घटनामा श्रेष्ठसँग स्पष्टिकरण मागेको आयोगले जनाएको हो।

आयोगले उनलाई आयोगको कार्यालयमा बोलाएर स्पष्टीकरण मागेको आयोगका प्रवक्ता समेत रहेका सहसचिव डा. टिकाराम पोखरेलले जानकारी दिए। उनका अनुसार आयोगले घटनाबारे एकैछिनमा प्रेस विज्ञप्ती जारी गर्ने तयारी गरिरहेको छ।

तनहुँकी रुपा सुनारले थरकै आधारमा आफूलाई काठमाडौंको बबरमहलमा घरबेटीले कोठा नदिएको भन्दै सरस्वती प्रधान विरुद्ध महानगरीय प्रहरी वृत सिंहदरबारमा उजुरी दिएकी थिइन्। उजुरी गरेको ३ दिनपछि प्रधान पक्राउ परेकी थिइन्।

सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नू भन्दै प्रधानलाई थुना मुक्त गर्न प्रहरीलाई आदेश दिएकै दिन प्रहरीबाट प्रधानलाई छुटाउन असार ९ गते शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ झण्डा सहितको सरकारी गाडी लिएर अनामनगर स्थित महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए। उनले प्रधानलाई आफ्नै गाडीमा हालेर घर पुर्याएका थिए।

उक्त घटनापछि शिक्षामन्त्री श्रेष्ठको चौतर्फी बिरोध भइरहेको छ भने मन्त्रीबाट नै राजिनामा माग भइरहेको छ।  बिरोधपछि शिक्षामन्त्री श्रेष्ठले मागे माफी मागेका छन्। 

कमेन्ट लोड गर्नुस