दार्चुलाको जिल्ला अस्पतालले ओपिडी सेवा सञ्चालनमा ल्याउदै

२०७८ असार १६, १२:३९
दार्चुला: जिल्ला अस्पताल दार्चुलाले ओपिडी सेवा सुचारु गर्ने भएको छ। कोरोनाका कारण बन्द रहेको दार्चुला अस्पतालको आपिडी सेवा सुचारु हुने भएको हो।
दोस्रो लहर सुरु भएसँगै बन्द रहेको अस्पतालको आपिडी सेवा आइतबारदेखि सुचारु गर्ने जनाईएको छ। कोरोनाको संक्रमण दरमा कमी आएकोले स्वास्थ्य सुरक्षाका मापदण्डको पुर्ण पालना गरेर ओपिडी सेवा सुचारु गर्ने तयारी भएको अस्पतालले जनाएको छ। जिल्ला अस्पतालमा दुई महिना भन्दा बढी समयदेखि ओपिडी सेवा बन्द थियो।


कमेन्ट लोड गर्नुस