धनगढीमा सडकमै लडेर मृत्यु भएका पुरुषको सनाखत

२०७८ असार १६, ०९:३७
धनगढी : धनगढीमा सडकमै लडेर ज्यान गुमाएका पुरुषको सनाखत भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार मृतक पुरुष अछामको साँफेबगर नगरपालिका–६ का ४० बर्षीय एकेन्द्र आउजी हुन्। धनगढीको सेतोपुल नजिक लडेर बेहोस भएका पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो।


कमेन्ट लोड गर्नुस