खोलामा डुबेर एक किशोर बेपत्ता

वीरगञ्जः पर्साको पोखरिया नगरपालिकामा खोलामा डुबेर एक किशोर बेपत्ता भएका छन्। पोखरीया–९, शिववर्वाका १४ वर्षीय राजु महतो तत्मा बेपत्ता भएका हुन्।
पोखरीया–७ रानीगञ्ज र रहरीया गाउँको बीचमा बग्ने धुताहा खोलाले उनलाई बगाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरीले जनाएको छ। गाउँका एक जनाको शव सद्गतका लागि मलामी गएका उनी नुहाउने क्रममा पौने ३ बजे बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन्।
खोजतलासका लागि इलाका प्रहरी कार्यालय पोखरियाबाट ७ जना, विपद् व्यवस्थापन गुल्मबाट प्रहरी निरीक्षकको नेतृत्वमा १३ जना र सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको टोली खटिएका छन्।

