सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ६५ हजार नगदसहित ६ जुवाडे पक्राउ

२०७८ असार १५, ०८:५२ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा ६५ हजार नगदसहित ६ जुवाडे पक्राउ परेका छन्। 

कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ मौवाफाटाको एक खुद्रा पसलमा जुवा खेलिरहेको अवस्थामा प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलिले पक्राउ गरेको हो। पक्रा

उ पर्नेमा कृष्णपुर नगरपालिका वडा नम्बर ४ मौवाफाटाका ४० वर्षिया तेज बहादुर साउँद, ३८ वर्षिया कमलेश कार्की, २९ वर्षिया गगन कार्की, ३५ वर्षिया प्रकाश ऐर, ३२ वर्षिया विष्णु भट्ट र २७ वर्षिया खगेन्द्र बोहरा रहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लालबहादुर बमले बताए।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुर अन्तर्गत म्याद थप गरी अनुसन्धान भईरहेको उनले बताए। 

कमेन्ट लोड गर्नुस