सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका शिक्षकलाई कोरोना खोप उपलब्ध गराउन माग

२०७८ असार १५, ०७:१२ खबर संवाददाता

धनगढी: धनगढीका शिक्षकलाई कोरोना खोप उपलब्ध गराउन नेपाल शिक्षक महासंघ नगरसमितीले माग गरेको छ।

नगरपालिका सम्पूर्ण शिक्षकहरुलाई कोरोना खोप लगाउनु पर्ने भन्दै संघले धनगढी उप महानगरपालिकासंग खोप उपलब्ध गराउन माग गरेको हो।

संघका नगरसमिति उपाध्यक्ष तिर्थराज पाण्डेयले कोरोनाबाट मृत्यु भएका २सय बढि शिक्षकहरुप्रती श्रद्धाञ्जली अपर्ण गर्दै दीप प्रज्वलन पनि गरिएको बताए।

धनगढी उप–महानगरपालिकाका प्रवक्ता संतोष मुडभरी, नेपाल शिक्षक महासंघका संघीय उपाध्यक्ष केशब भट्ट, नेपाल शिक्षक संघका संघीय उपाध्यक्ष लक्ष्मण दत्त भट्ट र महासंघ धनगढी उप– महानगरपालिकाका उपाध्यक्ष तीर्थराज पाण्डेय लगायतको कार्यक्रममा सहभागीता रहेको थियो।

कमेन्ट लोड गर्नुस