सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाडीले अलपत्र छाडेपछि महिलाले सडकमै जन्माइन् बच्चा

२०७८ असार १५, ०३:२९ खबर संवाददाता

बझाङ: बझाङको जयपृथ्वी नगरपालिका–११ की २५ वर्षीया शर्मीला खड्कालाई हिजो (सोमबार) सुत्केरी बेथा सुरु भयो। त्यसपछि उनी सासुसँगै जिल्ला अस्पताल बझाङका लागि घरबाट निस्किइन्। 

तर उनी अस्पताल भने पुग्न पाइनन्। उनलाई एक जीपले सडकमै अलपत्र अवस्थामा छाडेर गयो। त्यसपछि शर्मीलाले सडकमै बच्चालाई जन्म दिइन्। 

सडकमा रोएको आवाज सुनेपछि त्यहाँका स्थानीय शर्मीला भएको ठाएँमा पुगेका थिए। आमाको अवस्था गम्भीर र छेउमै बच्चा सुतेको देखेपछि स्थानीयले जिल्ला अस्पतालमा फोन गरेका थिए। 

तत्पश्चात जिल्ला अस्पताल बझाङको चिकित्सक टोली आएर आमा र बच्चको उद्धार गरेको अस्पतालका मेसु सन्दीप ओखेडाले बताए।

एम्बुलेन्समा ल्याइएका र आमालाई उपचारपछि आज (मंगलबार) डिस्चार्ज गरिएको मेसु ओखेडाले बताए। 

कमेन्ट लोड गर्नुस