सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिशुली नदीमा ट्रक खस्यो, चालक वेपत्ता

२०७८ असार १५, ०२:१२ खबर संवाददाता

काठमाडौं: धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित पृथ्वी राजमार्गको चरौँदी ज्यामिरे घाटबाट एउटा ट्रक त्रिशुली नदीमा खसेको छ। 

वीरगञ्जबाट काठमाडौंका लागि छुटेको ना ३ ख ८०७४ नम्वरको ट्रक मंगलबार विहान त्रिशुली नदीमा खसेको हो। प्रहरीका अनुसार ट्रकमा सवार चालकबाहेक अरु को को थिए भन्ने यकिन भएको छैन।

ट्रकको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। वीरगन्जबाट काठमाडौंका लागि छुटेका कपडा लोड गरिएको तीन वटा ट्रकमध्ये एउटा ट्रक सम्पर्कमा नआएपछि गरिएको खोजी कार्यमा दुर्घटनामा परेको पुष्टि भएको थियो।

तर नदीको बहाव निकै ठूलो भएकोले ट्रक नदीले बगाएर बेपत्ता भएको अनुमान प्रहरीको छ। बेपत्ता हुने सवारी चालकको पहिचान खुल्न सकेको छैन। 

कमेन्ट लोड गर्नुस