सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका ३ स्थानीय तहमा कोरोना संक्रमित शून्य

२०७८ असार १५, १२:५६ खबर संवाददाता

दार्चुला: दार्चुलाका ३ स्थानीय तहमा कोरोनाका बिरामीको सँख्या शून्यमा झरेको छ। जिल्लाको मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका, र नौगाड गाउँपालिमा कारोनाका सक्रिय संक्रमित नरहेको स्वास्थ्य कार्यालयले  दार्चुलाले जनाएको छ। 

यस्तै जिल्लाका अन्य ६ वटा स्थानीय तहमा भने ३३ जना सँक्रमितहरु रहेका छन्। अपि हिमाल गाउँपालिकामा १ जना, महाकाली नगरपालिमा ५ जना, दुहुँ गाउँपालिमा ८ जना, व्याँस गाउँपालिकामा ५ जना, मार्मा गाउँपालिकामा १० जना, र शैल्यशिखर नगरपालिमा ४ जना सक्रिय संक्रमितहरु रहेको स्वास्थ्य कार्यालयले  जनाएको छ।

दार्चुलामा हाल सम्म ३ जना महिला सहित ११ जनाको कोरोनामा कारण मृत्यु भएको छ। 

कमेन्ट लोड गर्नुस