एक घर पाँच बाली कार्यक्रम सञ्चालनमा चुनौती
गोदावरी नगरपालिका वडा नम्बर ११ ओलानीले एक घर पाँच बाली कार्यक्रम सञ्चालन गरेको जानकारी पाएपछि दिनेश खबरको रिर्पोटिङको टोली ओलानी जान तयार भयो। ओलानी जाने बाटोको जानकारी नभएपछि हामीले वडा अध्यक्ष शिवबहादुर विकलाई फोन गर्याै। उनले आन्तरिक मामिला तथा कानून मन्त्रालयको कार्यक्रमा धनगढी आएको जानकारी दिए। ओलानीमा एक घर पाँच बाली कार्यक्रम सञ्चालनमा रहेको अध्यक्ष विकले फोनमा बताए। वडा अध्यक्ष शिवबहादुर विक धनगढीको कार्यक्रमा भएपछि उनले हामीलाई वडा सदस्य देवबहादुर बडैलासँग समन्वय गर्न भनेका थिए। वडा सदस्य बडैलालाई हामीले फोन गर्दा जानकारी भयो, उनी अत्तरीया आएका रहेछन। उनी अत्तरिया सायद बसमा आएका थिए। बिहान किनमेलका लागि अत्तरिया आएका वडा सदस्य बडैलालाई हामीले अत्तरियामा प्रतिक्षा गर्न भनेका थियौ। दिनेश खबरको रिर्पोटिङ टोली दिउँसो १२ बजेको समयमा निमार्णधीन मोहनापुल अत्तरिया सडकको धुलो खादै अत्तरियातिर लाग्यो। अत्तरिया बजार नपुग्दै तीन पटक वडा सदस्य देवबहादुरको फोन आएको थियो। दिनेश खबरको टोली दिउँसो साढे १२ बजे अत्तरिया बजार पुग्यो। अत्तरिया बजार पुग्दा हामी महेन्द्रनगर रोडतिर लाग्यौ र वडा सदस्य देवबहादुर रोकिएको स्थान भन्दा केही अगाडी पुगेका रहेछौ। देवबहादुरलाई फोन गर्दा उनी ओलानी जाने बसपार्क गर्ने स्थानमा पर्खि रहेका रहेछन।
वडा सदस्य देवबहादुर बडैलासँंग भेट गर्दै हामी ओलानीका लागि अगाडी बढ्न तयार भयौ। देववहादुरले एक पाँच किलोग्राम चामल पाक्ने प्रेसर कुकर र केही हरियो साग किनेका रहेछन। उनले ओलानी बान्द्रेखालमा होटल सञ्चालन गर्दै आएका रहेछन। उनले भने, ओलानीमा तरकारी पाउँदैन सर, त्याँ स्टाप होटल छ मेरो। होटलका लागि आवश्यक तरकारी अत्तरिया बजारबाट लैजादै छु। उनीसंगै हामी मोटरसाईकलमा ओलानीतिर लाग्यौ। अत्तरीया बजारबाट ओलानी बान्द्रेखाल १ दशमलव ३ किलोमिटर छ। पुर्वपश्चिम राजमार्गबाट केही सडक मात्र कालोपत्रे छ ओलानी जाने सडक। बाँकी सडक ग्राईभेल छ। ओलानी जाने सडकमा ८ ओटा बसहरु सञ्चानमा छन। १५ अटोरिक्साले समेत ओलानी ओहोर दोहोर गरीरहेका छन। हामी चुरे फेदीमा रहेको ओलानी तिर अगाढी बढेउ। हामी मोटरसाईकलमा सवार गर्दै थियौ। हामी ओलानी र पुर्वपश्चिम राजमार्गको बिचमा पर्ने चाक्ले खोलामा पुगेका थियौ, मोटरसाईकलमा समस्या आउन सुरु भयो। खोलामा पानी थिएन तर बर्षातको समयमा खोलाले दुःख दिने गरेको छ। देवबहादुरले खोलाले बस समेत बगाएको सुनाए। ओलानी गौडीमा हामी नदिवबहादुर धामीको घरमा पुग्यौ। उनको घरको आँगनमै कुलो थियो। कुलोमा पानी थियो। उनले तरकारी बारी लगाउन तयारी गरिरहेका थिए। म सधै सामान्य तरकारी खेती गर्दै आएको छु। अझैपनि वडाबाट मैले केही सुविधा पाएको छैन। उनले भने। उनले थपे, वडा सदस्य ज्यू तपाईसंगै हुनुहुन्छ,उहाँलाई सोध्नुहोस, यहाँका जनता पहाड, भारत र अन्य ठाँउबाट आएका तरकारी खरिद गरेर खादै आएका छन। बरु मागेर खान्छन बारीमा फलाउँदैनन्।
गोदावरी नगरपालिकाको वडा नम्बर ११ ओलानी चुरे फेदीको गाँउ हो। यो गाँउको जमिन सुख्खा छ, तर गाँउमा सिँचाईको सुविधा छ। ओलानीका सबै जसो किसानका खेतमा कुलाको पानी पुग्छ। तर उनीहरुमध्ये धरै किसान तरकारी लगाउँदैनन् । लगभग १३ किलोमिटर दुरीमा पर्ने अत्तरिया बजारबाट तरकारी किनेर खान ओलानीका स्थानीय तयार छन तर तरकारी लगाउँदैनन्। तरकारी आफ्नै बारीमा फलाएर खाने परिपाटीको विकास गर्ने उदेश्यले वडा कार्यालयले सञ्चालन गरेको एक घर पाँच बाली कार्यक्रमका बिषयमा उनीहरुलाई जानकारी समेत छैन। वडा कार्यालयको पश्चिम तिर घर भएका डुसा कडायतले वडा कार्यालयबाट एक लाही जस्तो, मुला, पालङो दिएको बताईन। उनले भनिन कुन कार्यक्रम हो जानकारी छैन। वडा कार्यालयबाट दिएको बीउ लगाउने समय पनि छैन।वडा कार्यालयले ओलानी गाँउका जनताले तरकारी नलगाउने गरेकोले यो कार्यक्रम सञ्चालनमा ल्याएको थियो। खेती पाती, पशुपालन गर्दै आएका यो क्षेत्रका जनतालाई आर्थिक सम्वद्धीका लागी एक घर पाँच बाली कार्यक्रमको अवधारण वडा कार्यालयले ल्यायको हो। नगरपालिकाबाट आएको बीउ वडा कार्यालयले किसानलाई निःशुल्क उपलब्ध गराउदा समेत कतिपय किसानले बारीमा छरेकै छैनन्।
आर्थिक रुपमा मजबुद्ध हुनका लागि उनीहरुले बाली लगाउनु पर्ने वडा कार्यालयले बताएको छ। किसानहरुलाई व्यवसायी तरकारी खेतीमा लिनका लागि पहिलो प्रयास वडा कार्यालय गर्न खोजेको हो। निःशुल्क वितरण गर्ने भनेको तरकारी बालीको बिउ वडा कार्यालयले किसानलाई वितरण गर्न सकेको छैन। ओलानी बान्द्रेखाल स्टाप होटल घरसम्म पुगेका वडा सदस्य देववहादुरले किसानलाई बिउ बितरण गर्न नसकिएको बताए। बिउ संकलनमा समस्या भएको छ। कार्तिक १५ जते सम्म वडा कार्यालयले किसानलाई बिउ बितरण गरिसक्ने छ, उनले भने। उनले नगरपालिकाबाट आएको ४० पोका बिउ मात्र बितरण गरीएको बताए। आर्थिक बर्ष २०७५÷०७६ को कार्यक्रममा एक घर पाँच बाली कार्यक्रम सञ्चान गर्ने नीति बनाएको हो। करेसाबारी नभएका परिवारलाई वडा कार्यालयबाट दिने सेवा समेत नदिने वडा कार्यालयले बताएको छ। बिउको अभावका कारण कार्यक्रम समेत प्रभावित हुने खतरा छ। वडा कार्यालयबाट अहिलेसम्म एक जना किसानलाई समेत तरकारीको बिउ दिईएको छैन। नगरपालिकाको कार्यालयबाट बितरणका लागि दिएको बीउ भने ओलानीका केही किसानलाई बितरण गरिएको छ। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ११ ओलानीले सञ्चालनमा ल्याएको एक घर पाँच बाली कार्यक्रम सञ्चालनमा आएको छैन। वडाका किसानहरुले तरकारी खरिद गर्दै खाने र किसानका बारी बाजै राख्ने गरेकाले वडा कार्यालयले एक घर पाँच बाली कार्यक्रम सञ्चालनमा ल्याउन नीति तथा कार्यक्रममा राखेको थियो। कार्यक्रमका बिषयमा ओलानीका किसानलाई जानकारी समेत छैन। आफ्नै बारीमा तरकारी फलाउने बिषयमा उनीहरुलाई ज्ञान तथा सिपको खाँचो छ।