सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा क्यान्सर पीडित कडारोलाई सहयोग

२०७८ असार १४, ०४:२६ खबर संवाददाता

धनगढी: सुदूरपश्चिमेली नेपाली समाज भारतले डोटीको आदर्श गाँउपालिका–४ मैवाका क्यान्सर पीडित तुले कडारोलाई आर्थिक सहयोग गरेको छ। 

कडारो अहिले कामको शिलशिलामा भारतको तामिलनाडु राज्यमा बास्दै आएका छन्। उनको उपचारमा केही सहज होस भनेर विभिन्न व्यक्तिबाट संकलन गरिएको २२ हजार १ सय ५० भारुसहयोग गरिएको समाजका केन्द्रीय उपाध्यक्ष दिपक खड्काले बताए।

क्यान्सर पीडित भएपछि कडारोलाई काम गर्ने ठाउँबाट निष्कासन गरिँदा उनको परिवारको बिचल्ली भएको थियो।

अहिले उनको परिवारको गाँसवासको जिम्मा सुदूरपश्चिमेली नेपाली समाज भारतले लिएको समाजका भुतपूर्व सहकोषाअध्यक्ष कृष्ण नागरीले बताए। 

डाक्टरले कडारोलाई निको हुन अझै दुई महिना लाग्ने बताएका छन्।

कमेन्ट लोड गर्नुस