अछाममा फेरि थपियो निषेधाज्ञा अवधि
२०७८ असार १४, ०८:२४
धनगढी: अछाममा फेरि एक हप्ताका लागि निषेधाज्ञाको अवधि थप गरिएको छ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले निषेधाज्ञा अवधि ७ दिन थप्ने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार सोमबार राति १२ बजेदेखि निषेधाज्ञा सुरु भई २१ गते राति १२ बजेसम्म लागु हुने छ।
कमेन्ट लोड गर्नुस