सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको अपिहिमालले बढायो एकल पुरुषको भत्ता

२०७८ असार १३, ०८:३१ खबर संवाददाता

धनगढी: दार्चुलाको अपिहिमाल गाउँपालिकाले एकल पुरुषलाई दिँदै आएको भत्ता बढाएको छ।

गाउँपालिकाले आगामी वर्षबाट एकल पुरुषलाई एक हजार रुपैयाँ भत्ता दिने भएको हो। यसअघि पाँच सय रुपैयाँ भत्ता दिइँदै आएको थियो।

विगतदेखि नै सञ्चालित सो कार्यक्रम प्रभावकारी भएको बताउँदै भत्ता रकम थप गरिएको गाउँपालिकाले जनाएको छ।

कमेन्ट लोड गर्नुस