सुदूर नेपाललाई विश्वसँग जोड्दै

गैरकानूनी रूपमा श्रीलंका पुर्‍याइएका २५ नेपाली महिलाको उद्धार

२०७८ असार १२, ०५:४६ खबर संवाददाता

काठमाडौं: भारतको बाटो हुँदै श्रीलंका पुर्‍याइएका महिला पक्राउ परी अध्यागमन उल्लंघनको मुद्दा खेपिरहेकोमा उद्धार गरेर सरकारले नेपाल ल्याएको हो। लामो समय हिरासतमा बसी मानसिक र शारीरिक स्वास्थ्य समस्या झेलेका ती महिलालाई स्वदेश फिर्तापश्चात सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डअनुरूप स्वास्थ्य उपचार सहितको स्वास्थ्य सेवा आफ्नो संस्थाले प्रदान गरेको माइती नेपालले जनाएको छ। 

माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काले शनिवार जारी गरेको विज्ञप्तिमा लामो समयदेखि उद्धारका लागि पहल गरिँदै आएकोमा बिहीवार महिलाहरूलाई नेपाल फर्काउन सफल भएको उल्लेख गरिएको छ।

केही पहिले श्रीलंकाबाटै ४ महिलाको उद्धार गरेर पारिवारिक पुनर्मिलन गराइएको थियो।

कमेन्ट लोड गर्नुस