सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा सहकारी बैंक सेवा विस्तार, दुइ सहकारीले पाए मान्यता

२०७८ असार १२, १२:४९ खबर संवाददाता

बाजुरा: बाजुरामा राष्ट्र्रिय सहकारी बैंकले सेवा विस्तार गरेको छ। बाजुराको  त्रिबेणी बचत तथा ऋण सहकारी र जनकल्याण सहकारी संस्थामार्फत सेवा विस्तार गरेको राष्ट्रिय सहकारी बैंक प्रादेशिक कार्यालय धनगढी शाखाका प्रमुख कृष्ण रावलले जानकारी दिए।

सहकारीमार्फत सदस्यहरुको आर्थिक तथा सामाजिक विकासमा टेवा पुुर्‍याउने उद्देश्यले सहकारी बैंक सेवा थालनी गरेको रावलले बताए । प्रहिलो पटकलाई जिल्लाका दुुई संस्थालाई शुक्रवार ५० लाखका दरले ऋण लगानी गरेको छ।सहकारीहरुमार्फत सेवा सन्चालन गरेर मान्यता दिईएकोमा स्थानीहरु खुसी छन्।

कमेन्ट लोड गर्नुस