सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाटन नगरपालिकाले बनायो लैंगिक तथा सामाजिक समावेशीकरण नीति

२०७८ असार ११, ०५:५८

बैतडी: बैतडीको पाटन नगरपालिकाले लैगिंक तथा सामाजिक समावेशीकरण नीति बनाएको छ। सबै क्षेत्रमा लैगिंक समानता कायम गर्नका लागि नगरपालिकाले नीति बनाएको जनाईएको छ।

महिला, दलित तथा पछाडि पारिएको वर्गहरुको विकासका लागि नीति बनाइएको नगर उपप्रमुख सरस्वती कोलीले बताइन्। उनले भनिन् ‘यो नीति बनिसकेपछि महिलाको क्षेत्रमा काम गर्न सजिलो हुन्छ। उनीहरुलाई हरेक क्षेत्रमा समावेश गराउन सहज हुन्छ।’

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा फाया नेपालले परामर्शदाता मार्फत पाटनमा लैंगिक तथा सामाजिक समावेशीकरण नीति बनाएको हो। लैगिंक तथा सामाजिक समावेशीकरण नीति बनाउने पाटन बैतडीको पहिलो स्थानीय तह बनेको छ। 
 

कमेन्ट लोड गर्नुस