बाजुराको बुढीनन्दा नगरपालिकाको बजेट ४४ करोड ८३ लाख
२०७८ असार ११, ०८:५२
धनगढी: बाजुराको बुढीनन्दा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८ ८९ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ।
नगरपालिकाको पाचौँ नगरसभामा नगर उपप्रमुख श्रृष्टि रेग्मीले ४४ करोड ८३ लाख ४३ हजार वजेट सार्वजनिक गरेकी हुन्।
नगरपालिकाले सामाजिक विकास, स्वच्छ तथा स्वस्थ पिउने पानीमा नागरिकको पहुँच, पर्यटन प्रर्वद्धन, शिक्षा, स्वास्थ्य, कृषि, पुश व्यावसायीकरणलाई प्राथमिकतामा राखेको छ।
कमेन्ट लोड गर्नुस